कांग्रेसले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई प्रतिनिधित्व गराउने

यस स्टोरीको अंश: नेपाली कांग्रेसले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई पार्टीमा प्रतिनिधित्व दिने गगन थापाको प्रतिबद्धता
www.dcnepal.com · 1 हप्ता अघि

नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीका विभिन्न तहमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई प्रतिनिधित्व गराउने प्रतिबद्धता जनाएका छन्। पार्टीका प्रत्येक तहमा सबै समुदायको सहभागिता सुनिश्चित गर्ने नीति अनुरूप लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई पनि जिम्मेवारीमा ल्याउने चाहना रहेको उनले बताए। कांग्रेस यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई स्वागत गर्ने पार्टी भएको उल्लेख गर्दै उनले समुदायका व्यक्तिहरू पार्टीका विभिन्न तहमा आएर सक्रिय भएमा समुदायसँग सम्बन्धित विषयलाई थप प्रभावकारी रूपमा सम्बोधन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू