महालेखापरीक्षकको प्रतिवेदन: धरान र इटहरी उपमहानगरपालिकामा ठूलो बेरुजु
महालेखापरीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार धरान उपमहानगरपालिकामा ८ करोड ७६ लाख रुपैयाँ र इटहरी उपमहानगरपालिकामा १ अर्ब २६ करोड रुपैयाँभन्दा बढी बेरुजु देखिएको छ। प्रतिवेदनले दुवै उपमहानगरपालिकाको वित्तीय व्यवस्थापन, आन्तरिक नियन्त्रण प्रणाली र लेखा खुलासामा गम्भीर कमजोरी औंल्याएको छ।
5 समाचार
·
2 दिन अघि