नेपाललाई ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्ने विषयमा प्रहरी महानिरीक्षक र एपीजी प्रतिनिधिबीच छलफल
नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी सघन निगरानी सूची (ग्रे लिस्ट) बाट बाहिर निकाल्नका लागि चालिएका कदमबारे प्रहरी महानिरीक्षक दानबहादुर कार्की र एसिया प्यासिफिक ग्रुप अन मनी लाउन्डरिङ (एपीजी) का प्रतिनिधिमण्डलबीच छलफल भएको छ। प्रहरी प्रधान कार्यालय नक्सालमा भएको भेटमा नेपालले प्रस्तुत गरेको कार्ययोजनाको कार्यान्वयनमा नेपाल प्रहरीको भूमिकाबारे विस्तृत कुराकानी भएको थियो।
7 समाचार
·
6 दिन अघि