एपीजी

सम्पत्ति शुद्धीकरण अनुसन्धान क्षेत्राधिकार हेरफेरमा एपीजीको चासो, नेपाललाई कालोसूचीमा पर्ने चेतावनी सम्पत्ति शुद्धीकरण अनुसन्धान क्षेत्राधिकार हेरफेरमा एपीजीको चासो, नेपाललाई कालोसूचीमा पर्ने चेतावनी

नेपाल भ्रमणमा रहेको एपीजी (एशिया प्यासिफिक ग्रुप) को टोलीले सम्पत्ति शुद्धीकरण अनुसन्धानको क्षेत्राधिकारमा सरकारले गरेको हेरफेरप्रति गम्भीर चासो व्यक्त गरेको छ। एपीजीका अधिकारीहरूले यसले अनुसन्धान र अभियोजनको गुणस्तर खस्किने चिन्ता व्यक्त गर्दै नेपालले सुधारका लागि तोकिएको समयमा पर्याप्त प्रगति नगरे २०२७ को सेप्टेम्बरमा कालोसूचीमा पर्न सक्ने चेतावनी दिएका छन्।

3 समाचार · 5 दिन अघि
नेपाललाई ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्ने विषयमा प्रहरी महानिरीक्षक र एपीजी प्रतिनिधिबीच छलफल नेपाललाई ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्ने विषयमा प्रहरी महानिरीक्षक र एपीजी प्रतिनिधिबीच छलफल

नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी सघन निगरानी सूची (ग्रे लिस्ट) बाट बाहिर निकाल्नका लागि चालिएका कदमबारे प्रहरी महानिरीक्षक दानबहादुर कार्की र एसिया प्यासिफिक ग्रुप अन मनी लाउन्डरिङ (एपीजी) का प्रतिनिधिमण्डलबीच छलफल भएको छ। प्रहरी प्रधान कार्यालय नक्सालमा भएको भेटमा नेपालले प्रस्तुत गरेको कार्ययोजनाको कार्यान्वयनमा नेपाल प्रहरीको भूमिकाबारे विस्तृत कुराकानी भएको थियो।

7 समाचार · 6 दिन अघि

प्रायः यिनीहरूसँग