भटौली खोलामा निर्माणाधीन पक्की पुल अन्तिम चरणमा, जेठ मसान्तसम्म सम्पन्न हुने लक्ष्य
रामेछापको मन्थली नगरपालिका-७ र खाँडादेवी गाउँपालिका-४ जोड्ने भटौली खोलामाथि निर्माणाधीन पक्की पुल अन्तिम चरणमा पुगेको छ। बागमती प्रदेश सरकारको करिब ३ करोड ३३ लाख ६५ हजार लागतमा निर्माण भइरहेको यो पुल जेठ मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ। पुल निर्माण सम्पन्न भएपछि स्थानीय कृषि उपजको बजारीकरण र नागरिकको आवागमन सहज हुने अपेक्षा गरिएको छ।