बीमा प्राधिकरणले दाबी भुक्तानी मार्गदर्शनमा संशोधन गर्दै, सुझाव माग्यो
नेपाल बीमा प्राधिकरणले 'दाबी भुक्तानीसम्बन्धी मार्गदर्शन, २०८१' लाई समयानुकूल, व्यवहारिक र प्रभावकारी बनाउन संशोधन गर्ने भएको छ। यसका लागि प्राधिकरणले सरोकारवाला निकाय, बीमक, पुनर्बीमक, बीमा सर्भेयर, बीमा अभिकर्ता, बीमित र सर्वसाधारणलाई १५ दिनभित्र आफ्ना राय तथा सुझावहरू पेश गर्न आग्रह गरेको छ।