एमालेमा सचिवहरूलाई प्रदेश इन्चार्ज र उपाध्यक्षहरूलाई विभागको जिम्मेवारी प्रस्ताव
नेकपा (एमाले)ले पार्टीका सचिवहरूलाई प्रदेश इन्चार्ज र उपाध्यक्षहरूलाई विभागीय संयोजकको जिम्मेवारी दिने गरी कार्यविभाजन प्रस्ताव गरेको छ। यो प्रस्ताव भोलि (शुक्रबार) बस्ने सचिवालय बैठकले पारित गर्ने तयारी छ। यसअघि गत सोमबार बसेको बैठकमा कार्यविभाजन प्रस्ताव पेस भए पनि निर्णय हुन सकेको थिएन।
23 समाचार
·
3 दिन अघि
बीमा प्राधिकरणले दाबी भुक्तानी मार्गदर्शनमा संशोधन गर्दै, सुझाव माग्यो
नेपाल बीमा प्राधिकरणले 'दाबी भुक्तानीसम्बन्धी मार्गदर्शन, २०८१' लाई समयानुकूल, व्यवहारिक र प्रभावकारी बनाउन संशोधन गर्ने भएको छ। यसका लागि प्राधिकरणले सरोकारवाला निकाय, बीमक, पुनर्बीमक, बीमा सर्भेयर, बीमा अभिकर्ता, बीमित र सर्वसाधारणलाई १५ दिनभित्र आफ्ना राय तथा सुझावहरू पेश गर्न आग्रह गरेको छ।
5 समाचार
·
3 दिन अघि
दिक्तेलको प्राङ्गारिक मल तथा बायोग्याँस उद्योग पाँच वर्षपछि पनि सञ्चालनमा नआएकोमा आलोचना
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले करिब पाँच करोड रुपैयाँ लगानीमा स्थापना गरेको प्राङ्गारिक मल तथा बायोग्याँस उद्योग उद्घाटन भएको पाँच वर्ष बितिसक्दा पनि सञ्चालनमा नआएपछि स्थानीयवासीले वर्तमान जनप्रतिनिधिको आलोचना गरेका छन्। तत्कालीन मुख्यमन्त्री शेरधन राईले २०७७ चैत २१ गते उद्घाटन गरेको यो उद्योग राज्यको लगानी डुब्ने अवस्थामा पुगेको छ।
6 समाचार
·
3 दिन अघि
खोटाङको प्राङ्गारिक मल तथा बायोग्यास उद्योग पाँच वर्षदेखि अलपत्र
खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा करिब पाँच करोड लगानीमा स्थापना भएको प्राङ्गारिक मल तथा बायोग्यास उद्योग उद्घाटन भएको पाँच वर्ष बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन। तत्कालीन प्रदेश सरकारका मुख्यमन्त्री शेरधन राईले २०७७ चैत २१ गते उद्घाटन गरेको यो उद्योग राज्यको लगानी डुब्ने अवस्थामा पुगेको छ।
5 समाचार
·
3 दिन अघि