नेपाल लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी प्रशिक्षण सम्पन्न
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा हुने वित्तीय लगानी निवारणसम्बन्धी विशेष प्रशिक्षण कार्यक्रम काठमाडौँमा सम्पन्न गरेको छ। कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक डा. हरि कुमार नेपालले बीमा क्षेत्रमा सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुनी व्यवस्था र कार्यान्वयनबारे प्रस्तुति दिए। कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले प्रचलित कानुनहरूको व्यावहारिक कार्यान्वयनमा जोड दिए।
12 समाचार
·
6 घण्टा अघि
‘लाफ्टर फर लाइफ एण्ड मोटिभेसन’ कार्यक्रममा होन्डा बाइक, नेपाल लाइफ इन्स्योरेन्स र श्रीकेशको सहकार्य
मकालुखबरले आयोजना गर्न लागेको ‘लाफ्टर फर लाइफ एण्ड मोटिभेसन’ कार्यक्रममा होन्डा बाइक, नेपाल लाइफ इन्स्योरेन्स र श्रीकेश तेल उत्पादक कम्पनी सप्तऋषि ओयल एण्ड कस्मेटिक इण्डष्ट्रीले सहकार्य गरेका छन् । युवामुखी प्रेरणादायी कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिष्ठित संस्थाहरूले साथ दिएका हुन् । एक्स्ट्रिम इनर्जी ड्रिङ्क मुख्य प्रायोजक रहेको यो कार्यक्रम काठमाडौंस्थित प्रज्ञा भवनबाट सुरु हुँदैछ ।
3 समाचार
·
4 दिन अघि
सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा एएमएल/सीएफटी प्रशिक्षण सम्पन्न
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एजेन्सी डेभलपमेन्ट म्यानेजरहरूलाई लक्षित गरी एएमएल/सीएफटी (AML/CFT) सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। कम्पनीका कानुन विभाग प्रमुख सुभाष भण्डारीले सञ्चालन गरेको उक्त प्रशिक्षणमा मनी लाउन्डरिङ, आतंककारी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रण, ग्राहक पहिचान प्रक्रिया (KYC) र शंकास्पद कारोबार पहिचान जस्ता विषयमा जानकारी दिइएको थियो।
11 समाचार
·
5 दिन अघि