बेलायतका इण्डो प्यासिफिक मन्त्री सीमा मल्होत्राद्वारा पशुपतिनाथको दर्शन
बेलायतका इण्डो प्यासिफिक मन्त्री सीमा मल्होत्राले शुक्रबार नेपाल भ्रमणका क्रममा पशुपतिनाथको दर्शन गरेकी छिन्। उनले पशुपति क्षेत्र विकास कोषका अधिकारीहरूसँग भेटघाट गरी मन्दिर परिसरको अवलोकन गरेकी थिइन्।
3 समाचार
·
2 दिन अघि
बेलायती मन्त्री सीमा मल्होत्राद्वारा पशुपतिनाथको दर्शन र आध्यात्मिक भ्रमण
नेपाल भ्रमणमा रहेकी बेलायतकी इण्डो-प्यासिफिक राज्यमन्त्री सीमा मल्होत्राले आराध्यदेव पशुपतिनाथको दर्शन गरेकी छन्। पशुपति क्षेत्र विकास कोषका अधिकारीहरूले उनलाई मन्दिर परिसरमा स्वागत गरी ऐतिहासिक तथा पुरातात्विक महत्त्वबारे जानकारी गराएका थिए। दर्शनपछि उनले टीका र प्रसाद ग्रहण गरेकी थिइन्।
11 समाचार
·
2 दिन अघि
बेलायतका ‘इण्डो प्यासिफिक’ मन्त्री सीमा मल्होत्राद्वारा पशुपतिनाथको दर्शन
नेपाल भ्रमणमा रहेकी बेलायतकी ‘इण्डो प्यासिफिक’ मन्त्री सीमा मल्होत्राले आराध्यदेव पशुपतिनाथको दर्शन गरेकी छन्। पशुपति क्षेत्र विकास कोषका अनुसार, मन्त्री मल्होत्राले मूल मन्दिरभित्रका अन्य देवीदेवताको पनि विधिपूर्वक दर्शन गरेकी हुन्। दर्शनपछि उनले मूल अर्चक गणेश भट्टबाट टीका तथा प्रसाद ग्रहण गरेकी थिइन्।
3 समाचार
·
2 दिन अघि
भारतीय गृहमन्त्री अमित शाहद्वारा पशुपतिनाथमा ४० किलो चन्दन अर्पण
भारतीय गृहमन्त्री अमित शाहले आराध्यदेव पशुपतिनाथको मूर्तिमा श्रीयन्त्रको पूजा आराधना प्रयोजनका लागि ४० किलो चन्दन अर्पण गरेका छन्। प्रतिनिधिसभा सदस्य सन्दीप रानाको संयोजनमा उक्त चन्दन पशुपतिनाथका मूल अर्चक गणेश भट्टलाई हस्तान्तरण गरिएको हो। यो चन्दन गुठी संस्थान पशुपति गोश्वारा कार्यालयमा भण्डारणका लागि सुशीला शर्मालाई जिम्मा लगाइएको छ।
22 समाचार
·
2 दिन अघि
सरकारले 'देवभूमि नेपाल' अभियानमार्फत पशुपतिनाथसहितका धार्मिक क्षेत्रको प्रवद्र्धन गर्ने
सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा स्थापित गर्न 'देवभूमि नेपाल' राष्ट्रिय अभियान सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ। यस अभियानमार्फत पशुपतिनाथ, लुम्बिनी, जनकपुरधाम र मुक्तिनाथ क्षेत्रको प्रवद्र्धन गरिनेछ। यसका लागि पशुपति क्षेत्र विकास कोषको ऐन र नियमावली संशोधनको आवश्यकता औंल्याइएको छ।
3 समाचार
·
3 दिन अघि