एयरबस र त्रिभुवन विश्वविद्यालयबीच एयरोस्पेसमा मानव पुँजी विकासका लागि सम्झौता
विश्वव्यापी एयरोस्पेस कम्पनी एयरबस र त्रिभुवन विश्वविद्यालयले नेपालको एयरोस्पेस क्षेत्रमा मानव पुँजी विकास गर्न समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । यो सहकार्य शैक्षिक विकास, अनुसन्धान, तालिम र एयरोस्पेस प्रविधिका संयुक्त पहलमा केन्द्रित हुनेछ । सम्झौतामा एयरबस दक्षिण एसियाका अध्यक्ष तथा प्रबन्ध निर्देशक जर्गेन वेस्टरमेयर र त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा सुशीलबहादुर वज्राचार्यले हस्ताक्षर गरेका छन् ।