त्रिवि र एयरबसबीच युवा इन्जिनियरलाई इन्टर्नसिप गराउने सहमति
त्रिभुवन विश्वविद्यालय (त्रिवि) र एयरबसबीच इन्जिनियरिङ अध्ययन संस्थानका विद्यार्थीलाई इन्टर्नसिप गराउने सहमति भएको छ। यस सहमतिले युवा इन्जिनियरहरूको सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक ज्ञान बढाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
3 समाचार
·
1 दिन अघि
एयरबस र त्रिभुवन विश्वविद्यालयबीच एयरोस्पेसमा मानव पुँजी विकासका लागि सम्झौता
विश्वव्यापी एयरोस्पेस कम्पनी एयरबस र त्रिभुवन विश्वविद्यालयले नेपालको एयरोस्पेस क्षेत्रमा मानव पुँजी विकास गर्न समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । यो सहकार्य शैक्षिक विकास, अनुसन्धान, तालिम र एयरोस्पेस प्रविधिका संयुक्त पहलमा केन्द्रित हुनेछ । सम्झौतामा एयरबस दक्षिण एसियाका अध्यक्ष तथा प्रबन्ध निर्देशक जर्गेन वेस्टरमेयर र त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा सुशीलबहादुर वज्राचार्यले हस्ताक्षर गरेका छन् ।
4 समाचार
·
1 दिन अघि
त्रिभुवन विश्वविद्यालय र एयरबसबीच एरोस्पेस क्षमता अभिवृद्धिका लागि समझदारी
त्रिभुवन विश्वविद्यालयले विश्वप्रसिद्ध एरोस्पेस कम्पनी एयरबससँग एरोस्पेस क्षेत्रका लागि आवश्यक मानव संसाधन विकास गर्ने उद्देश्यसहित साझेदारीका लागि समझदारीपत्रमा हस्ताक्षर गरेको छ। यस सहकार्यले शैक्षिक विकास, अनुसन्धान, तालिम, उद्योग अनुभव तथा एरोस्पेस प्रविधिसम्बन्धी संयुक्त पहललाई केन्द्रमा राख्ने एयरबसले जनाएको छ। त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुशील बहादुर बज्राचार्यले एयरबस जस्तो विश्वव्यापी कम्पनीसँगको सहकार्यले विश्वविद्यालयको पाठ्यक्रमलाई सुदृढ र आधुनिक बनाउन सहयोग गर्ने बताए।
4 समाचार
·
1 दिन अघि