भिमफेदी गाउँपालिका

सुरुङ निर्माण क्रममा उपकरण खसेर कामदारको मृत्यु, एक घाइते सुरुङ निर्माण क्रममा उपकरण खसेर कामदारको मृत्यु, एक घाइते

मकवानपुरको भीमफेदी गाउँपालिका–८ मा तराई–मधेश द्रुतमार्गअन्तर्गत सुरुङमा काम गर्ने क्रममा फलामको रिपिट उपकरण खसेर लाग्दा एक कामदारको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। प्रहरीका अनुसार बर्दियाका करिब ३० वर्षीय रामगोपाल चौधरीको मृत्यु भएको छ भने मकवानपुरका २२ वर्षीय सन्तोष बम्जन घाइते भएका छन्।

5 समाचार · 21 घण्टा अघि
मकवानपुरमा दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु मकवानपुरमा दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु

मकवानपुरमा भएका दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ। हेटौँडा उपमहानगरपालिकामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ भने भीमफेदी गाउँपालिकामा निर्माणाधीन द्रुतमार्गको सुरुङमा काम गर्ने एक कामदारको उपकरण खसेर मृत्यु भएको छ।

7 समाचार · 22 घण्टा अघि
मकवानपुरमा ट्रक पल्टिँदा कान्तिलोकपथ अवरुद्ध, दुई घाइते मकवानपुरमा ट्रक पल्टिँदा कान्तिलोकपथ अवरुद्ध, दुई घाइते

मकवानपुरको भीमफेदी गाउँपालिका–८ भर्‍याङडाँडामा शुक्रबार बिहान डिब्बा ट्रक पल्टिँदा कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ। प्रहरीका अनुसार हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको ट्रक सडकमा रहेको ढुंगामा चक्का चढेपछि अनियन्त्रित भई पल्टिएको हो। दुर्घटनामा ट्रक चालकसहित तीन जना सवार रहेकामा दुई जना सामान्य घाइते भएका छन्।

3 समाचार · 5 दिन अघि
मकवानपुरमा इभी गाडी दुर्घटना हुँदा आठ जना घाइते मकवानपुरमा इभी गाडी दुर्घटना हुँदा आठ जना घाइते

मकवानपुरको भिमफेदी गाउँपालिका–६ जुरीखेतमा वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको इभी गाडी अनियन्त्रित भई दुर्घटना हुँदा चालकसहित आठ जना यात्रु घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले दिएको जानकारी अनुसार घाइते सबैलाई उपचारका लागि काठमाडौँ लगिएको छ।

10 समाचार · 5 दिन अघि

प्रायः यिनीहरूसँग