सङ्खुवासभा

अरुण नदीमा पानीको बहाव बढेपछि सङ्खुवासभा र भोजपुर जोड्ने फेरी बन्द अरुण नदीमा पानीको बहाव बढेपछि सङ्खुवासभा र भोजपुर जोड्ने फेरी बन्द

सङ्खुवासभा र भोजपुरलाई जोड्ने अरुण नदीको सतिघाटमा पानीको बहाव बढेकाले फेरी सञ्चालन बन्द गरिएको छ । नदी धमिलो भई जलस्तर बढेपछि यातायातका साधन र यात्रुलाई आवतजावत गराउने यो एकमात्र विकल्प बन्द भएको हो ।

3 समाचार · 9 घण्टा अघि
सङ्खुवासभामा अत्यधिक रक्तस्राव भएकी सुत्केरीको राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत हवाई उद्धार सङ्खुवासभामा अत्यधिक रक्तस्राव भएकी सुत्केरीको राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत हवाई उद्धार

सङ्खुवासभामा शल्यक्रियापछि अत्यधिक रक्तस्राव भएकी एक सुत्केरी महिलाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि स्वास्थ्य अवस्था गम्भीर बनेकी ३० वर्षीया सविता मगरलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत काठमाडौँको प्रसूति गृहमा पठाइएको छ।

8 समाचार · 1 दिन अघि
सङ्खुवासभाको मकालुमा पहिरोले २१८ भेडा पुरिए, एक गोठाला घाइते सङ्खुवासभाको मकालुमा पहिरोले २१८ भेडा पुरिए, एक गोठाला घाइते

सङ्खुवासभाको मकालु गाउँपालिका–५ माङ्सिमास्थित फोक्टेमा पहिरो जाँदा स्थानीय दिलबहादुर गुरुङको भेडीगोठमा रहेका २१८ भेडा पुरिएर बेपत्ता भएका छन्। पहिरोमा परेर गोठाला झलक गुरुङ घाइते भएका छन् भने अर्का गोठाला कमल गुरुङ सकुशल छन्।

4 समाचार · 3 दिन अघि

प्रायः यिनीहरूसँग