पुरानै हलबाट आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुने, तयारी पूरा
संघीय संसद् सचिवालयले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट शुक्रबार दिउँसो ४ बजे बहुउद्देश्यीय हलबाट प्रस्तुत गर्ने तयारी पूरा गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट पेस गर्नेछन्। नयाँ संसद् भवनको प्राविधिक काम नसकिएकाले पुरानै हलबाट बजेट प्रस्तुत गरिने भएको छ।