मध्य काठमाडौंमा १३२ केभी भूमिगत प्रसारण लाइन निर्माण हुने
नेपाल विद्युत् प्राधिकरणले काठमाडौंको मध्यभागमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण गर्ने भएको छ। चक्रपथभित्र सहज विद्युत् आपूर्ति र सहरी सौन्दर्य अभिवृद्धि गर्ने लक्ष्यका साथ यो आयोजना अघि बढाइएको हो। यसका लागि प्राधिकरणले विद्युत् विकास विभागमा अनुमति आवेदन दिएको छ।