News Polar राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक) Banking Samachar
3 स्रोत · 3 समाचार
सुरु 4 दिन अघि · अपडेट 4 दिन अघि

सरकारी निकायबीच समन्वय अभावले खानेपानी लाइनमा ६ करोड ५९ लाखको क्षति

Photo · rajdhanidaily.com

सरकारी निकायहरूबीच समन्वयको कमीले काठमाडौं उपत्यकामा बिछ्याइएको खानेपानीको पाइपलाइनमा ६ करोड ५९ लाख ६८ हजार रुपैयाँ बराबरको क्षति पुगेको महालेखापरीक्षकको कार्यालयले जनाएको छ। सडक, विद्युत् लगायतका कार्य गर्दा पाइपलाइनमा क्षति पुगेको थियो।

  • नेपाल विद्युत् प्राधिकरणले काम गर्दा १ करोड ६७ लाख ५७ हजार, सडक विभागले २ करोड ८० हजार, ललितपुर महानगरपालिकाले १ करोड १२ लाख ७३ हजार र अन्य निकायबाट १ करोड ७१ लाख ३८ हजार बराबरको क्षति पुगेको विवरणमा उल्लेख छ।
  • क्षति भएको रकम बराबरको शोधभर्ना लिनुपर्नेमा सो रकम प्राप्त हुन नसकेको महालेखापरीक्षकको कार्यालयले औंल्याएको छ।
  • कोड्कु, सल्लाघारी, धोबिघाटमा फोहोर पानी प्रशोधन केन्द्र निर्माणका सन्दर्भमा एक निर्माण व्यवसायीसँग ठेक्का तोडेर नयाँ सम्झौता गरिएको थियो।
  • सो निर्णय बमोजिम रु दुई अर्ब ५९ करोड ९९ लाख असुल गर्ने निर्णय भए पनि रकम असुल नभएकोमा महालेखाले प्रश्न उठाएको छ।
शेयर ↗
सम्बन्धित

थप पूर्वाधार

सबै हेर्नुहोस्
सरकारले वैकल्पिक विकास वित्त कोषमार्फत १० ठूला पूर्वाधार परियोजना अघि बढाउने तयारी सरकारले वैकल्पिक विकास वित्त कोषमार्फत १० ठूला पूर्वाधार परियोजना अघि बढाउने तयारी

सरकारले ठूला पूर्वाधार परियोजनामा दीर्घकालीन वित्तीय स्रोत परिचालन गर्ने उद्देश्यसहित वैकल्पिक विकास वित्त कोषमार्फत करिब १० ठूला राष्ट्रिय पूर्वाधार परियोजना अगाडि बढाउने तयारी गरेको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत यो योजना घोषणा हुनेछ। यस कोषको अधिकृत पुँजी १ खर्ब रुपैयाँ र चुक्ता पुँजी २५ अर्ब रुपैयाँ रहनेछ।

5 समाचार · 9 घण्टा अघि
कर्णाली प्रदेशका पूर्वाधार आयोजनामा महालेखाले देखायो अनियमितता कर्णाली प्रदेशका पूर्वाधार आयोजनामा महालेखाले देखायो अनियमितता

महालेखापरीक्षकको प्रतिवेदनले कर्णाली प्रदेश सरकारअन्तर्गत भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय मातहतका जिल्लास्थित पूर्वाधार विकास कार्यालयहरूमा वित्तीय तथा प्राविधिक अनियमितता देखाएको छ। प्रतिवेदन अनुसार, वास्तविक कामभन्दा बढी नापजाँच गरी लाखौँ रुपैयाँ भुक्तानी गरिएको, सम्झौताभन्दा बाहिर काम गराएको, निर्माण सुरु नै नगरी करोडौँ रुपैयाँ पेस्की दिएको तथा आवश्यक प्राविधिक कागजातबिना अन्तिम भुक्तानी दिएको पाइएको छ।

3 समाचार · 9 घण्टा अघि
सरकारको व्यवस्थापनले सिँचाइ सुविधा १५ लाख ९० हजार हेक्टरमा विस्तार सरकारको व्यवस्थापनले सिँचाइ सुविधा १५ लाख ९० हजार हेक्टरमा विस्तार

सरकारको प्रभावकारी व्यवस्थापन र विभिन्न आयोजनाको कार्यान्वयनबाट मुलुकभर सिँचाइयोग्य क्षेत्रफल विस्तार भई हालसम्म १५ लाख ९० हजार ३८८ हेक्टरमा सिँचाइ सुविधा पुगेको छ। यसमध्ये पाँच लाख ३२ हजार ६५५ हेक्टर क्षेत्रमा वर्षभरि सिँचाइ सुविधा उपलब्ध भएको छ।

10 समाचार · 10 घण्टा अघि
जापानको सहयोगमा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु जापानको सहयोगमा बिपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण सुरु

जापानको सहयोगमा बिपी राजमार्गको काभ्रेपलाञ्चोकको पिप्लेदेखि बर्खेखोला सडकखण्डको स्थायी पुनर्निर्माण कार्य सुरु भएको छ। नेपालका लागि जापानी राजदूत माएदा तोरु र पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले संयुक्त रूपमा परियोजनाको शिलान्यास गरेका हुन्। जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को आर्थिक तथा प्राविधिक सहयोगमा ३.२ किलोमिटर सडकखण्डको पुनर्निर्माण सुरु भएको छ।

43 समाचार · 10 घण्टा अघि