वैदेशिक रोजगारी ठगीमा संलग्न दुई पक्राउ, एकले १ करोड ९३ लाख ठगेको आरोप
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ परेका भीम लामाले युरोप पठाइदिने भन्दै एक व्यक्तिबाट १ करोड ९३ लाख रुपैयाँ ठगेको आरोप छ भने खड्कध्वज शाहीले क्यानडा पठाइदिने भन्दै ५ लाख ३२ हजार रुपैयाँ ठगेको उजुरी परेको छ।