बाउन्न किलो अफिम र तीन ओटा भरुवा बन्दुक बरामद

यस स्टोरीको अंश: धादिङमा ५२ किलो अफिम र तीन भरुवा बन्दुकसहित तीन जना पक्राउ
hamrakura.com · 1 हप्ता अघि

धादिङ प्रहरीले बेनीघाट रोराङ गाउँपालिका–२, होवाङबाट ५१ किलो ९८० ग्राम शुद्ध अफिम र तीन थान भरुवा बन्दुकसहित वीरबहादुर तामाङलाई पक्राउ गरेको छ। फरार प्रतिवादीको खोजी गर्ने क्रममा प्रहरीले तामाङको घरमा खानतलासी गर्दा अफिम र हतियार बरामद गरेको हो। यसैगरी प्रहरीले सोही ठाउँबाट अन्य दुई थान भरुवा बन्दुकसहित विराज तामाङ र सानोकान्छा तामाङलाई पनि पक्राउ गरेको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू