धादिङमा ५२ किलो अफिम र तीन वटा भरुवा बन्दुक बरामद
▸ यस स्टोरीको अंश: धादिङमा ५२ किलो अफिम र तीन भरुवा बन्दुकसहित तीन जना पक्राउ
फरार प्रतिवादीको खोजीमा खटिएको धादिङ प्रहरीले दक्षिणी धादिङको बेनीघाट रोराङ गाउँपालिका–२, होवाङबाट ५१ किलो ९८० ग्राम शुद्ध अफिम र तीन थान भरुवा बन्दुकसहित ३५ वर्षीय वीरबहादुर तामाङलाई पक्राउ गरेको छ । प्रहरीले तामाङको घर र गोठमा छापा मार्दा अफिम र हतियार फेला परेको थियो । यसैगरी, होवाङबाटै अन्य दुई थान भरुवा बन्दुकसहित २८ वर्षीय विराज तामाङ र सानोकान्छा तामाङलाई पनि पक्राउ गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›