एसियन गेम्स छनोटमा इन्डोनेसियालाई हराउँदै नेपाली महिला क्रिकेट टोली सेमिफाइनलमा
मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनोट प्रतियोगितामा नेपाली महिला क्रिकेट टोलीले इन्डोनेसियालाई चार विकेटले पराजित गर्दै लगातार दोस्रो जित हासिल गरी सेमिफाइनलमा प्रवेश गरेको छ। इन्डोनेसियाले दिएको ११४ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर पूरा गरेको हो। यस जितसँगै नेपाल समूह ‘बी’को विजेता बन्दै अन्तिम चारमा पुगेको छ।