गीतकार शिवशंकर थापाका रचनाहरू 'पलेँटी' कार्यक्रममा प्रस्तुत हुने
प्रत्येक अंग्रेजी महिनाको अन्तिम शुक्रबार नेपालयको ‘आर’सालामा आयोजना हुने सांगीतिक कार्यक्रम 'पलेँटी'मा यसपटक गीतकार शिवशंकर थापाका गीति रचनाहरू प्रस्तुत गरिने भएका छन्। कार्यक्रममा थापाका चर्चित गीतहरूलाई कण्ठ-शिल्पीहरूले मञ्चमा जीवन्त बनाउनेछन्। गीतकार थापाले जीवनको उत्तरार्धमा यस कार्यक्रममा सहभागी हुन पाउँदा खुशी व्यक्त गरेका छन्।