सुझाव समेटेर चलचित्र विधेयक थप परिष्कृत गरिनेछ: सञ्चारमन्त्री डा. तिमिल्सिना
▸ यस स्टोरीको अंश: चलचित्र विधेयकमा सांसदका सुझाव समेटेर परिष्कृत गरिने: सञ्चारमन्त्री तिमिल्सिना
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले राष्ट्रिय सभाबाट प्रतिनिधि सभामा आएको चलचित्र विधेयक, २०८२ लाई समयसापेक्ष, आधुनिक र चलचित्र क्षेत्रलाई उकास्ने खालको बनाउन सरकार गम्भीर रहेको बताउनुभएको छ । उहाँले विधेयकको मर्म र उद्देश्यलाई ध्यानमा राख्दै सांसदहरूले दिएका सुझावलाई रचनात्मक रूपमा ग्रहण गर्ने बताउनुभयो । विधेयकमा समेटिनुपर्ने विषय, चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, सरकारप्रतिको अपेक्षा तथा कानुनी सुधारका पक्षबारे सरकार सजग रहेको उहाँले बताउनुभयो । प्रतिनिधिसभाको बैठकले ‘राष्ट्रिय सभामा उत्पत्ति भएको चलचित्र विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›