चलचित्र विधेयकमाथि आएका सुझाव समेटेर थप परिष्कृत गरिनेछ: सञ्चारमन्त्री तिमिल्सिना
▸ यस स्टोरीको अंश: चलचित्र विधेयकमा सांसदका सुझाव समेटेर परिष्कृत गरिने: सञ्चारमन्त्री तिमिल्सिना
सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले राष्ट्रिय सभाबाट प्रतिनिधिसभामा आएको चलचित्र विधेयक २०८२ लाई समयसापेक्ष, आधुनिक र चलचित्र क्षेत्रलाई उकास्ने खालको बनाउन सरकार गम्भीर रहेको बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा चलचित्र विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै सञ्चारमन्त्री तिमिल्सिनाले सरकारले विधेयकको मर्म र उद्देश्यलाई ध्यानमा राख्दै सांसदहरूले दिएका सुझावलाई रचनात्मक रूपमा ग्रहण गर्ने बताए । उनले विधेयकमा समेटिनुपर्ने विषय, चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, सरकारप्रतिको अपेक्षा तथा कानुनी सुधारका पक्षबारे सरकार सजक रहेको बताए । प्रतिनिधिसभाको आजको बैठकले ‘राष्ट्रिय सभामा उत्पत्ति भएको चलचित्र विधेयक २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›