आर्थिक सर्वेक्षण २०८२/८३: गरिबी घट्यो, आयु बढ्यो, कृषि क्षेत्र सुस्त
सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार नेपालमा निरपेक्ष गरिबीको दर २०.२७ प्रतिशतमा झरेको छ भने बहुआयामिक गरिबी १७.४ प्रतिशतमा सीमित भएको छ। स्वास्थ्य सेवामा सुधारसँगै नेपालीहरूको औसत आयु बढेर ७१.३ वर्ष पुगेको छ। यद्यपि, कृषि क्षेत्रमा भने सुस्तता आएको सर्वेक्षणले देखाएको छ।