ग्यालेक्सी फोरकेका सामान उठाउन महानगरको १५ दिने अन्तिम सूचना
▸ यस स्टोरीको अंश: ग्यालेक्सी फोरकेलाई १५ दिनभित्र सामान लैजान वा लिलाम गर्ने काठमाडौं महानगरपालिकाको सूचना
काठमाडौं महानगरपालिकाले गोरखा मिडिया नेटवर्क प्रा.लि.का नाममा १५ दिने सार्वजनिक सूचना जारी गर्दै ग्यालेक्सी फोरके टेलिभिजनसँग सम्बन्धित सामान तत्काल उठाउन आग्रह गरेको छ । मुद्दामा महानगरको न्यायिक समितिले वादीको पक्षमा फैसला गरेपछि उच्च अदालत पाटनले उक्त निर्णय कार्यान्वयन गर्न परमादेश जारी गरेको थियो । अदालतको आदेशपछि महानगरपालिकाले निर्णय कार्यान्वयन गरेको र त्यसपछि ग्यालेक्सी फोरकेमा रहेका सामान लिलाम गरिपाऊँ भन्दै निवेदन परेपछि सार्वजनिक सूचना जारी गरिएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›