ग्यालेक्सी फोके टिभीका सामान १५ दिनभित्र हटाउन महानगरको निर्देशन, नलगे लिलाम गर्ने चेतावनी
▸ यस स्टोरीको अंश: ग्यालेक्सी फोरकेलाई १५ दिनभित्र सामान लैजान वा लिलाम गर्ने काठमाडौं महानगरपालिकाको सूचनाकाठमाडौं महानगरपालिकाले ग्यालेक्सी ४के टेलिभिजनलाई आफ्नो कार्यालयमा रहेका सम्पूर्ण सामान १५ दिनभित्र हटाउन सार्वजनिक सूचना जारी गरेको छ । गोरखा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई र मृगेन्द्रप्रसाद मिश्रबीचको भाडा असुल उपर गरी घरजग्गा खाली गराइपाऊँ मुद्दामा महानगरको न्यायिक समितिले वादीको पक्षमा फैसला गरेको थियो । सोही फैसला कार्यान्वयन नभएपछि उच्च अदालत पाटनले परमादेश जारी गरेको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›