पर्यटन मन्त्री पौडेलले हिमाल संरक्षण र दिगो पर्यटनमा सरकारको प्रतिबद्धता दोहोर्याए
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले हिमालको संरक्षण, पर्वतारोहीको सुरक्षा र दिगो पर्यटन प्रवर्द्धनका लागि सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्। काठमाडौँमा आयोजित ‘एभरेस्ट समिटर्स समिट २०२४’ लाई सम्बोधन गर्दै उनले हिमालय क्षेत्रको संरक्षण विश्वव्यापी साझा जिम्मेवारी भएको उल्लेख गरे। मन्त्री पौडेलले जलवायु परिवर्तनका कारण हिमनदी पग्लिने र जैविक विविधता ह्रासले सिर्जना गरिरहेका चुनौतीहरूप्रति चिन्ता व्यक्त गर्दै अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराए।