दूतावासले भारतीय सामाजिक सञ्जाल प्रयोगकर्तालाई नेपाल भ्रमण गराउने
▸ यस स्टोरीको अंश: बुद्ध एयरको नेपालगञ्ज–पोखरा उडान एक महिनाका लागि स्थगित
भारतस्थित नेपाली दूतावासले भारतीय सामाजिक सञ्जाल प्रवर्द्धक (इन्फ्लुएन्सर, भ्लगर र पडकास्टर) हरूलाई नेपाल भ्रमण गराउने भएको छ । नेपाली दूतावासले आज एक सूचना जारी गर्दै यस भ्रमणमा सहभागी हुन इच्छुक भारतीय सामाजिक सञ्जाल प्रयोगकर्तालाई आवेदन दिन आह्वान गरेको छ । विशेष ‘परिचयात्मक भ्रमण’ नाम दिएको सो कार्यक्रमका लागि पाँच जना सामाजिक सञ्जालमार्फत डिजिटल सामग्री उत्पादन गर्नेहरूलाई नेपाल भ्रमण गराउने भनेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित