प्रतिनिधि सभामा ‘चलचित्र विधेयक २०८२’ माथि छलफल सुरु, सांसदहरूले उठाएका मुख्य बुँदा
‘चलचित्र विधेयक २०८२’ माथि प्रतिनिधि सभामा छलफल सुरु भएको छ। सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले राष्ट्रिय सभाबाट पारित भई आएको यो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरे। छलफलमा सांसदहरूले चलचित्र विकास बोर्डलाई स्वायत्त बनाउनुपर्ने, अध्यक्षको नियुक्ति खुला प्रतिस्पर्धाबाट गर्नुपर्ने र विधेयक संघीयता अनुकूल नभएको जस्ता धारणा राखेका छन्।