Nepal'S Largest Digital Online Newspaper (Magazine) Himalaya Times Sidhakura ईमाउण्टेन  समाचार
4 स्रोत · 4 समाचार
सुरु 1 हप्ता अघि · अपडेट 1 हप्ता अघि

काठमाडौंमा जेठ ८ देखि हस्तकला प्रदर्शनी तथा सांस्कृतिक महोत्सव आयोजना

Photo · www.onlinepana.com

नेपाल हस्तकला महासंघले आगामी जेठ ८ देखि १० गतेसम्म काठमाडौंमा ‘नेपाल हस्तकला प्रदर्शनी तथा सांस्कृतिक महोत्सव २०२६’ आयोजना गर्ने भएको छ । यस महोत्सवको मुख्य उद्देश्य प्रदेश तथा जिल्ला स्तरमा उत्पादित हस्तकला वस्तुको प्रदर्शनी एवम् प्रचार प्रसार गरी स्थानीय हस्तकला उद्यमीलाई बजार पहुँचमा सहयोग पुर्‍याउनु रहेको छ । यसका साथै हस्तकला उत्पादनको व्यवसायिक विकासमा टेवा पुर्‍याउने, जिल्ला संघहरूको सवलीकरणमा सहयोग गर्ने, आय आर्जन र रोजगारीको अवसर वृद्धि गर्ने, स्थानीय कला, संस्कृति र परम्परागत सीपको संरक्षण र प्रबर्द्धन गर्ने तथा आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने लक्ष्य राखिएको छ ।

  • मेलामा हस्तकला प्रदर्शनी तथा बिक्री, सांस्कृतिक कार्यक्रम, स्थानीय उद्योगी, कलाकार/कालिगढको सीप प्रदर्शन, र स्थानीय उत्पादन तथा परम्परागत परिकारको स्वाद पस्कने कार्यक्रम समावेश छ ।
  • मेलामा काठमाडौं उपत्यका भित्रका जिल्लाहरूसहित संखुवासभा, मकवानपुर, दाङ, बाजुरा, ताप्लेजुङ, चितवन, बर्दिया, काभ्रेपलान्चोक, कास्की, झापा, धनुषा, सुनसरी, धादिङ, तनहुँ, पाल्पा, बागलुङ लगायतका जिल्लाबाट स्थानीय जिल्ला संघहरूले भाग लिनेछन् ।
  • मेलामा ‘मेक इन नेपाल’ र ‘मेड इन नेपाल’को अवधारणा अनुसार हस्तकला लगायत अन्य नेपाली निकासी सम्भाव्यता भएका वस्तुका ७० स्टल राखिनेछन् ।
  • यसपटक महोत्सवको मुख्य थिम थारु संस्कृतिलाई बनाइएको छ, जसमा लोपोन्मुख सांस्कृतिक पहिचान, परम्परागत भेषभूषा र पुस्तान्तरण हुन नसकेका सीप संरक्षणलाई विशेष प्राथमिकता दिइएको छ ।
  • महासंघका अनुसार भारत, चीन लगायत तेस्रो विश्वका मुलुकहरूमा वार्षिक करिव २८ अर्ब बराबरका हस्तकला सामग्री निर्यात भइरहेको छ ।
शेयर ↗
सम्बन्धित
साहित्यकार इल्या भट्टराईको व्यक्तित्व र कृतित्वमाथि नियात्रा समाज नेपालद्वारा परिचर्चा साहित्यकार इल्या भट्टराईको व्यक्तित्व र कृतित्वमाथि नियात्रा समाज नेपालद्वारा परिचर्चा

नियात्रा समाज नेपालले साहित्यकार इल्या भट्टराईको व्यक्तित्व र कृतित्वमाथि काठमाडौंमा एक विशेष परिचर्चा कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा विभिन्न साहित्यकार तथा नियात्राकारहरूले भट्टराईका नियात्राकृतिहरूमा पाइने विम्ब, तत्व, सौन्दर्य, भाषा, शैली तथा प्रस्तुतिका आयामहरूबारे विश्लेषण गरेका थिए। भट्टराईले आफ्नो लेखन अनुभव साझा गर्दै नियात्रा लेखनमा रैथाने शब्दको प्रयोग र सरल भाषाशैलीमा जोड दिनुभएको थियो।

4 समाचार · 2 घण्टा अघि
सामाजिक सन्देशसहितको गीत ‘मेरो आफ्नै संसार’ सार्वजनिक सामाजिक सन्देशसहितको गीत ‘मेरो आफ्नै संसार’ सार्वजनिक

जीवन, परिवार, सम्बन्ध र आफ्नोपनको भावलाई संवेदनशील ढंगले प्रस्तुत गरिएको ‘मेरो आफ्नै संसार’ नामक गीत सार्वजनिक गरिएको छ। सर्जक शंकर पाण्डे मुक्तिको प्रस्तुति रहेको उक्त गीत मानव सेवा आश्रममा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको हो। गीतबाट प्राप्त आम्दानीको केही हिस्सा समाजसेवामा खर्च गरिने घोषणा गरिएको छ।

5 समाचार · 3 घण्टा अघि
छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव जेठ १७ देखि काठमाडौंमा आयोजना हुँदै छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव जेठ १७ देखि काठमाडौंमा आयोजना हुँदै

आदिवासी जनजाति चलचित्र महासंघले जेठ १७, १८ र १९ गते काठमाडौंस्थित चलचित्र विकास बोर्डमा छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना गर्ने भएको छ। महोत्सवमा विभिन्न समुदायका कथानक चलचित्र, लघु चलचित्र, वृत्तचित्र र एआई जेनेरेटेड वृत्तचित्र प्रदर्शन गरिनेछन्। यसले नेपाललाई विश्व आदिवासी चलचित्रको एक सशक्त केन्द्रका रूपमा स्थापित गर्ने विश्वास आयोजकको छ।

9 समाचार · 3 घण्टा अघि
हंसराज हुलासचन्द एण्ड कम्पनीले ‘पल्सर आरपीएम’ कार्यक्रम आयोजना गर्दै हंसराज हुलासचन्द एण्ड कम्पनीले ‘पल्सर आरपीएम’ कार्यक्रम आयोजना गर्दै

हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले जेठ १६ गते टोकास्थित स्केटर्स नेपालमा ‘पल्सर आरपीएम’ नामक कार्यक्रम आयोजना गर्ने भएको छ । यो कार्यक्रमले युवा, सडक संस्कृति, संगीत र राइडिङ समुदायलाई एकै मञ्चमा ल्याउने उद्देश्य राखेको छ । कार्यक्रममा स्टन्ट शो, बीएमएक्स प्रदर्शन, स्केट, बी–बोय प्रस्तुति, ग्राफिटी आर्ट, ¥याप र डीजे सेसन जस्ता गतिविधिहरू समावेश हुनेछन् ।

6 समाचार · 3 घण्टा अघि