नेपाल ह्यान्डिक्राफ्ट एक्स्पो एण्ड कल्चरल शो हुने
▸ यस स्टोरीको अंश: काठमाडौंमा जेठ ८ देखि हस्तकला प्रदर्शनी तथा सांस्कृतिक महोत्सव आयोजना
नेपाल हस्तकला महासंघले नेपाल ह्यान्डिक्राफ्ट एक्स्पो एण्ड कल्चरल शो २०२६ आयोजना गर्ने भएको छ । महासंघले सोमवार पत्रकार सम्मेलन गरी आगामी जेठ ८ गतेदेखि १० गतेसम्म काठमाडौंको बालुवाटारस्थित अम्रपाली बेन्कुवेट एण्ड इभेन्ट प्रा. लि. मा मेला हुने जानकारी दिएको हो । नेपाली हस्तकला क्षेत्रको प्रवद्र्धन, स्थानीय उद्यमीको बजार पहुँच विस्तार तथा परम्परागत कला–संस्कृतिको संरक्षण गर्ने उद्देश्यले प्रदर्शनी गर्न लागेको महासंघका अध्यक्ष रविन्द्र शाक्यले जानकारी दिनुभयो । नेपालका विभिन्न जिल्लामा स्थानीय कच्चा पदार्थबाट उत्पादन हुने वस्तुको प्रवद्र्धन, उत्पादनलाई बजार पहुँच तथा उत्पादक र खरिदकर्ताबीच समन्वय गराउन मेलाले सहयोग गर्ने उहाँको भनाई छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित