अर्थमन्त्री वाग्लेले २१ खर्ब २४ अर्बको बजेट प्रस्तुत गरे, पहिलो बजेट ५ करोड २५ लाखको थियो
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट संघीय संसदमा प्रस्तुत गरेका छन्। यो बजेटले राज्यको भूमिकालाई नियन्त्रकबाट अवसरको सर्जक संस्थाका रूपमा पुनःपरिभाषित गर्न खोजेको अर्थमन्त्री वाग्लेले बताएका छन्। नेपालको पहिलो औपचारिक बजेट २००८ सालमा अर्थमन्त्री सुवर्ण शमशेरले ५ करोड २५ लाख २९ हजार रुपैयाँको प्रस्तुत गरेका थिए।