राष्ट्रपति पौडेलले सगरमाथा क्षेत्रको संरक्षण र दिगो पर्वतारोहणमा जोड दिए
राष्ट्रपति रामचन्द्र पौडेलले सगरमाथा केवल नेपालको भौगोलिक पहिचान नभई राष्ट्रिय गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा भएको बताएका छन्। उनले विश्वव्यापी तापमान वृद्धि, जलवायु परिवर्तनका असर र पर्वतारोहण क्षेत्रमा बढ्दो फोहोरजस्ता समस्याको समाधान गरी सगरमाथा क्षेत्रको पर्यावरण तथा जैविक विविधता संरक्षण गर्दै पर्वतारोहणलाई सुरक्षित, दिगो र प्रविधिमैत्री बनाउन थप प्रयास र सहकार्य आवश्यक रहेकोमा जोड दिए।