राष्ट्र बैंकले स्थायी निक्षेप सुविधामा परिवर्तन गरी दैनिक तरलता राख्न पाउने व्यवस्था गर्यो
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूले आफूसँग अधिक भएको तरलता दैनिक रुपमा राष्ट्र बैंकमा राख्न पाउने व्यवस्था गरेको छ। यो व्यवस्था जेठ १३ गतेदेखि लागू भएको हो, जसअनुसार बैंकहरूले हरेक दिन स्थायी निक्षेप सुविधा प्रयोग गर्न पाउनेछन्। यसअघि यो सुविधा हप्ताको दुई दिन मात्र उपलब्ध थियो।