रिपोर्टर्स नेपाल Nepali Digital Newspaper Shilapatra Nagarik News - Home
4 स्रोत · 4 समाचार
सुरु 1 हप्ता अघि · अपडेट 1 हप्ता अघि

विश्व वन्यजन्तु कोषले नेपाली सेनालाई प्रकृति संरक्षणमा योगदानको कदरस्वरुप सम्मान गर्‍यो

Photo · ghatanarabichar.com

विश्व वन्यजन्तु कोष नेपालले करिब ५० वर्षदेखि प्रकृति तथा पर्यावरण संरक्षण सुरक्षा कार्यमा नेपाली सेनाले पुर्‍याएको योगदानको कदरस्वरुप विशेष सम्मान प्रदान गरेको छ। कोषको ३३औँ स्थापना दिवसका अवसरमा मंगलबार सो सम्मान प्रदान गरिएको नेपाली सेनाले जनाएको छ। यसअघि पनि सेनाका विभिन्न युनिटहरूले संरक्षण कार्यमा योगदान पुर्‍याएबापत विभिन्न पुरस्कारबाट सम्मानित भएका थिए।

  • बर्दिया राष्ट्रिय निकुञ्ज यसअघि ‘डबल टाइगर अवार्ड’बाट सम्मानित भएको थियो।
  • सन् २००९ मा १२१ रहेको पाटे बाघको सङ्ख्या हाल ३५५ र सन् २००५ मा ४०० रहेको एकसिङ्गे गैँडाको सङ्ख्या हाल ७५२ पुगेको छ।
  • प्रकृति र पर्यावरण संरक्षणको जिम्मेवारी सम्पादन गर्ने क्रममा हालसम्म नेपाली सेनाका ११६ जनाको ज्यान गएको छ।
  • नेपाली सेना विसं २०३२ देखि राष्ट्रिय निकुञ्जको सुरक्षार्थ तैनाथ छ।
शेयर ↗
सम्बन्धित
संयुक्त राष्ट्रसङ्घको चेतावनी: आगामी पाँच वर्ष विश्वमा नयाँ तापक्रम रेकर्ड कायम हुने सम्भावना संयुक्त राष्ट्रसङ्घको चेतावनी: आगामी पाँच वर्ष विश्वमा नयाँ तापक्रम रेकर्ड कायम हुने सम्भावना

संयुक्त राष्ट्रसङ्घअन्तर्गतको मौसम तथा जलवायु निकायले आगामी पाँच वर्ष (सन् २०२६-२०३०) विश्वव्यापी औसत तापक्रम हालको रेकर्ड स्तरमै वा त्यसको नजिक रहने प्रबल सम्भावना रहेको चेतावनी दिएको छ। विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ) का अनुसार यस अवधिमा औसत तापक्रम पूर्व–औद्योगिक औसतभन्दा १.५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने ७५ प्रतिशत सम्भावना छ, जसले जलवायु सङ्कट गहिरिएको सङ्केत गर्छ।

6 समाचार · 2 घण्टा अघि
नेपाली कांग्रेसद्वारा हिमालमा परेको असर न्यूनीकरणलाई प्राथमिकता, उपसमिति गठन नेपाली कांग्रेसद्वारा हिमालमा परेको असर न्यूनीकरणलाई प्राथमिकता, उपसमिति गठन

नेपाली कांग्रेसले हिमालमा परेको असर न्यूनीकरण र समग्र वातावरण संरक्षणलाई प्राथमिकता दिँदै ‘जलवायु परिवर्तन सचेतना उपसमिति’ गठन गरेको छ। पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकले यस उपसमितिलाई हिमालमा परेको असर न्यूनीकरणको खोजी गर्ने कार्यादेश दिएको छ। उपसभापति विश्वप्रकाश शर्माले जलवायु परिवर्तनले हिमालमा पारेको असर र त्यसको न्यूनीकरणका लागि गर्नुपर्ने पहलका विषयमा छलफल भएको जानकारी दिए।

6 समाचार · 3 घण्टा अघि
दक्षिण एसियामा वनक्षेत्र: भुटान शीर्षमा, नेपाल दोस्रो दक्षिण एसियामा वनक्षेत्र: भुटान शीर्षमा, नेपाल दोस्रो

आर्थिक वर्ष २०८२/०८३ को आर्थिक सर्वेक्षणअनुसार दक्षिण एसियाका आठ मुलुकमध्ये भुटानमा सबैभन्दा बढी वनक्षेत्र रहेको छ भने नेपाल दोस्रो स्थानमा छ । भुटानमा ६९.७१ प्रतिशत वनक्षेत्र छ भने नेपालमा ४६.०८ प्रतिशत वनक्षेत्र रहेको छ ।

18 समाचार · 4 घण्टा अघि
भुटानमा सबैभन्दा बढी वनक्षेत्र, नेपाल दोस्रो स्थानमा भुटानमा सबैभन्दा बढी वनक्षेत्र, नेपाल दोस्रो स्थानमा

आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार दक्षिण एसियाका आठ मुलुकमध्ये भुटानमा सबैभन्दा बढी वनक्षेत्र रहेको छ भने नेपाल दोस्रो स्थानमा छ । यस सर्वेक्षणले सन् २०२४ मा नेपालको कूल भू–भागको ४६.०८ प्रतिशत वन क्षेत्र रहेको देखाएको छ ।

3 समाचार · 4 घण्टा अघि