नेपाली कांग्रेस संसदीय दलको बैठक बजेट अधिवेशनको रणनीतिबारे छलफल गर्न बस्दै
नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बिहान ११:३० बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्दैछ। बैठकमा आगामी बजेट अधिवेशनमा पार्टीको भूमिका र रणनीतिबारे छलफल हुनेछ। सरकारले भोलि जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्दैछ।