एसियन खेलकुद छनोट: नेपालले चीनविरुद्ध १२६ रनको लक्ष्य प्रस्तुत गर्यो
मलेसियामा जारी एसियाली खेलकुद महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत चीनविरुद्धको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ। नेपालकी पूजा महतोले ६३ रनको अर्धशतकीय इनिङ्स खेलिन्। यो प्रतियोगितामा नेपालको पहिलो खेल हो भने चीनले आफ्नो पहिलो खेलमा इन्डोनेसियालाई पराजित गरेको थियो।