रोयल च्यालेन्जर्स बैंगलुरुले गुजरात टाइटन्सलाई ९२ रनले हराउँदै आइपिएल फाइनलमा
रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) ले इन्डियन प्रिमियर लिग (आइपीएल) को पहिलो क्वालिफायरमा गुजरात टाइटन्सलाई ९२ रनले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ। धर्मशालामा भएको खेलमा आरसिबीले प्रस्तुत गरेको २५५ रनको लक्ष्य पछ्याएको गुजरात १९.३ ओभरमा १६२ रनमा समेटियो। यस जितसँगै आरसिबी लगातार दोस्रो पटक आइपीएलको फाइनलमा पुगेको छ।