सुनसरीको गहने खोलामा जङ्गली हात्तीको छावा दलदलमा फसेर मृत फेला
सुनसरीको बराहक्षेत्र नगरपालिका-२ स्थित गहने खोलामा जङ्गली हात्तीको छावा पानीको दलदलमा फसेर मृत फेला परेको छ। प्रहरी निरीक्षक हेमराज ओलीका अनुसार, हात्तीको छावा राति जङ्गलतर्फ जाँदै गर्दा दलदलमा फसेको थियो। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।