लुम्बिनी प्रदेशको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित
लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३-०८४ का लागि प्रस्तुत वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभाबाट बहुमतले स्वीकृत भएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यले नीति तथा कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए, जसलाई सभामुख तुलाराम घर्तीमगरले निर्णयार्थ पेश गरी बहुमतले पारित भएको घोषणा गरे। मुख्यमन्त्री आचार्यले नीति तथा कार्यक्रमकै आधारमा आगामी बजेट निर्माण गरिने स्पष्ट पारेका छन्।