बिपी क्यान्सर अस्पतालमा केमोथेरापी औषधिको चरम अभाव, बिरामी जोखिममा
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा केमोथेरापीका लागि अत्यावश्यक मानिने कार्बोप्लाटिन र सिसप्लाटिनजस्ता औषधिको चरम अभाव देखिएको छ। विश्वव्यापी आपूर्तिमा कमीका कारण यो समस्या उत्पन्न भएको अस्पतालको मेडिकल अङ्कोलोजी विभागका प्रमुख डा गुरुशरण साहले बताएका छन्। औषधिको अभावले बिरामीको उपचारमा गम्भीर जोखिम निम्त्याएको छ।