उच्च रक्तचापका बिरामी बढ्दै
▸ यस स्टोरीको अंश: नेपालमा नसर्ने रोगहरू मृत्युको प्रमुख कारण, ‘पेन–डी प्याकेज’ लागू
अस्वस्थकर खानपानका कारण उच्च रक्तचापका बिरामी बढिरहेको तथ्याङ्कले देखाएको छ । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा निर्देशक डा अनुज भट्टचनका अनुसार अत्यधिक नुन र हानिकारक चिल्लो पदार्थको खानपान, शारीरिक निष्क्रियता, धूम्रपान तथा मद्यपानको बढ्दो प्रयोग, मानसिक तनाव, वायु प्रदूषण तथा सहरीकरण जस्ता कारणहरुले उच्च रक्तचापको जोखिम निरन्तर बढिरहेको छ । नेपालमा कुल मृत्युको करिब ७० प्रतिशत हिस्सा नसर्ने रोगहरूले ओगटेको छ, जसमध्ये २७.३६ प्रतिशत मुटु तथा रक्तनली सम्बन्धी रोगबाट हुने गरेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›