आईपीएल इलिमिनेटर: सूर्यवंशीको ९७ रनमा राजस्थानले हैदराबादलाई हराउँदै दोस्रो क्वालिफायरमा
इन्डियन प्रिमियर लिग (आईपीएल) को इलिमिनेटर खेलमा राजस्थान रोयल्सले सनराइजर्स हैदराबादलाई ४७ रनले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको छ। राजस्थानले दिएको २४४ रनको लक्ष्य पछ्याएको हैदराबाद १९.२ ओभरमा अलआउट हुँदै १९६ रनमा समेटियो। यस जितसँगै राजस्थानले अब फाइनल प्रवेशका लागि गुजरात टाइटन्ससँग प्रतिस्पर्धा गर्नेछ।