एमालेले केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्यो, ओलीले एकतामा जोड दिए
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा केन्द्रीय कमिटीका सदस्यहरूको कार्यविभाजन गरेको छ। पार्टीलाई थप सुदृढ र प्रभावकारी बनाउने उद्देश्यले नेताहरूलाई विभिन्न जिम्मेवारी तोकिएको छ। अध्यक्ष ओलीले पार्टीमाथि भइरहेका प्रहारका बीच नेता कार्यकर्तालाई अझ एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन्।