नेपाली काँग्रेस समावेशी छ: सहमहामन्त्री राणाको दाबी
नेपाली काँग्रेसका सहमहामन्त्री उदयशमशेर राणाले नेपाली काँग्रेस अन्य राजनीतिक दलहरूको तुलनामा सबैभन्दा समावेशी पार्टी रहेको दाबी गरेका छन् । शनिबार नेपाल थारु संघको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उनले पार्टीको नीति र संरचनाले थारु समुदायलाई उच्च प्राथमिकता दिएको बताए । राणाले पार्टीभित्र थारु समुदायको जनसंख्या र सक्रियताका आधारमा अझ बढी अधिकार र अवसरका लागि थारु नेताहरू स्वयं सक्षम हुनुपर्नेमा जोड दिए ।