ढोरपाटन–निसेलढोर सडक स्तरोन्नतिपछि यातायात सहज, स्थानीय उत्साहित
बागलुङको निसीखोला गाउँपालिका–५ स्थित निसेलढोर जोड्ने ६ किलोमिटर सडक गण्डकी प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगानीमा स्तरोन्नति गरी कालोपत्र गरिएको छ। यस स्तरोन्नतिले पर्यटकीय गन्तव्य निसेलढोरमा बाह्रै महिना यातायात सञ्चालनमा सहजता ल्याएको छ।