नक्कली नेपाली नोटसहित तीन व्यक्ति पश्चिम नवलपरासीमा पक्राउ
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका १ मा प्रहरीले नक्कली नेपाली नोटसहित तीन जनालाई नियन्त्रणमा लिएको छ। सोमबार साँझ चाउमिन पसलमा नक्कली नोट साट्ने प्रयास गरिरहेको अवस्थामा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीका अनुसार उनीहरूको साथबाट ८ हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद भएको छ।