दुग्ध विकास संस्थानको कार्यालयमा सीआईबीको छापा, कागजात नियन्त्रणमा
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दुग्ध विकास संस्थान (डिडिसी) को केन्द्रीय कार्यालयमा छापा मारेको छ। वित्तीय अनियमितता वा अन्य कैफियतबारे विशेष सूचनाका आधारमा सीआईबीले अनुसन्धान सुरु गरेको हो। अनुसन्धानका लागि सीआईबीले डिडिसीका महत्वपूर्ण आर्थिक तथा प्रशासनिक कागजातहरू नियन्त्रणमा लिएको छ।