हेटौंडाको रोयल पार्टी प्यालेसमा आगलागी हुँदा करिब २० लाखको क्षति
मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ भुटनदेवी मोडस्थित रोयल पार्टी प्यालेसमा करेन्ट सर्ट भई आगलागी हुँदा करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहीबार दिउँसो भएको आगलागीलाई प्रहरी, दमकल र स्थानीयवासीको सहयोगमा करिब २० मिनेटमा नियन्त्रणमा लिइएको थियो। घटनामा कुनै मानवीय वा चौपाया क्षति भएको छैन।
3 समाचार
·
8 घण्टा अघि
उदयपुरमा किशोरी र महिलामाथि हुने अनलाइन हिंसा रोक्न ‘सुरक्षित डिजिटल अभियान’ सुरु
उदयपुरमा किशोरी तथा महिलामाथि बढ्दो अनलाइन हिंसा, साइबर दुर्व्यवहार तथा डिजिटल अपराध न्यूनीकरण गर्ने उद्देश्यले ‘सुरक्षित डिजिटल अभियान’ सञ्चालन गरिने भएको छ। अभियानको औपचारिक शुभारम्भ आगामी जेठ १६ गते गरिनेछ। अभियानअन्तर्गत विद्यालयस्तरीय सचेतना कार्यक्रम, समुदायमा आधारित छलफल, जनचेतनामूलक रेडियो नाटक उत्पादन तथा प्रसारण, र अनलाइन सन्देशमूलक सामग्री निर्माण तथा प्रचारप्रसारलगायतका गतिविधि सञ्चालन गरिनेछन्।
3 समाचार
·
2 दिन अघि
मकवानपुरमा मदिरा सेवन गरी सवारी चलाउने विरुद्ध प्रहरीको कडा अभियान
जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले मदिरा सेवन गरी सवारी साधन चलाउने चालकहरू विरुद्ध कडा चेकिङ अभियान सुरु गरेको छ। पछिल्लो समय मदिरा सेवनपछि सवारी चलाउँदा हुने दुर्घटनाको दर बढेको निष्कर्षपछि प्रहरीले राजमार्ग तथा व्यस्त सडक खण्डहरूमा विशेष निगरानी बढाएको हो। प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले कानुनभन्दा माथि कोही पनि नरहेको र नियम उल्लङ्घन गर्ने जोसुकैलाई कडा कारबाही गरिने बताएका छन्।
3 समाचार
·
3 दिन अघि
मकवानपुरमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु, चालक नियन्त्रणमा
मकवानपुरको कान्तिलोकपथ सडकखण्डअन्तर्गत मकवानपुरगढी–२ सिखरकटेरीमा बसले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक दोर्जेरत्न योञ्जनको मृत्यु भएको छ। प्रहरीका अनुसार काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको बसले विपरीत दिशाबाट आउँदै गरेको स्कुटरलाई ठक्कर दिएको थियो। दुर्घटनामा संलग्न बस र चालक शिवबहादुर चौलागाईंलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
16 समाचार
·
5 दिन अघि
जुम्ला र कञ्चनपुरमा घरमै राहदानी वितरण सेवा सुरु
जिल्ला प्रशासन कार्यालय जुम्ला र कञ्चनपुरले हुलाकमार्फत सेवाग्राहीको घरमै राहदानी पुर्याउने सेवा सुरु गरेका छन्। यो सेवा सरकारी सेवा घरमै उपलब्ध गराउने नीतिअन्तर्गत कार्यान्वयनमा ल्याइएको हो। जुम्लामा हालसम्म १४९ वटा राहदानी घरमै वितरण गरिएको छ भने कञ्चनपुरमा १४ मध्ये १३ राहदानी पहिलो दिन वितरण गरिएको छ।
14 समाचार
·
5 दिन अघि
कञ्चनपुर प्रहरीले एक वर्षमा ९०७ मुद्दा दर्ता गर्यो, लागुऔषध घटना अत्यधिक
कञ्चनपुर जिल्ला प्रहरी कार्यालयले गत एक वर्षको अवधिमा ९०७ मुद्दा दर्ता गरेकोमा ५०९ मुद्दा फर्छ्योट गरेको छ। प्रहरी उपरीक्षक राम खत्रीका अनुसार लागुऔषधजन्य घटना अत्यधिक रहेकाले यसमा अभिभावक र सरोकारवाला निकाय सचेत हुनुपर्नेमा जोड दिएका छन्। यस अवधिमा लागुऔषध कारोबारमा संलग्न २११ जनामाथि मुद्दा दर्ता गरिएको छ।
3 समाचार
·
6 दिन अघि