५८ लाख मूल्य बराबरका अवैध सामान बरामद
▸ यस स्टोरीको अंश: नवलपुरमा ५८ लाखको अवैध सामानसहित ट्रक र चालक बरामद
बोमलाल गिरी नवलपुर, जेठ ४ गते । जिल्ला प्रहरी कार्यालय नवलपुरले ५८ लाख रुपियाँ बराबरका अवैध सामान बरामद गरेको जनाएको छ । देवचुली नगरपालिका–१६, रजहरमा बुटवलबाट नारायणघाटतर्फ जाँदै गरेको प्रदेश ०३–००१ ख ३८२६ नम्बरको ट्रकबाट भन्सार छली गरी ल्याइएका अवैध सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक अनिल पण्डितले जानकारी दिनुभयो । उहाँका अनुसार बिल–भरपाइ नभएका ७०० थान एयरबड, १ हजार ६८० थान मोबाइलमा लगाउने सिसा, २०५ थान स्मार्ट वाच, ६८ थान ह्यान्डसेट, ६५ जोर नाइक कम्पनीका जुत्ता, ३७४ जोर चप्पल तथा ७ हजार थान पानी नछिर्ने मोबाइल झोला बरामद गरिएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›